डडेल्धुराको भित्रिमधेशका लोक तथा डेउडा गायक तारासिंह बिष्टलाई देश तथा विदेशबाट आर्थिक सहयोग जुट्न थालेको छ । आज आइतबार जनमुक्ति डटकमले गायक तारा सिंह बिष्टसंगको अन्तरवार्ता सार्वजनिक गरेपछी उनलाई सहयोग आउन थालेको हो ।
उक्त भिडियो जनमुक्ति डटकमका कार्यकारी सम्पादक मनोज रावतले सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए । उक्त अन्तरवार्तामा गायक बिष्टले आफु आर्थिक अभावका कारण पछाडी परेको बताएका छन् ।उनले आर्थिक समस्याका कारण आफुले स्वर दिएको ‘सररर बसमा चढी जाउला आलिताल’ भन्ने बोलको गित रेकर्डिङ स्टुडियोमै रहेको सुनाएका छन् ।
गायक बिष्टले उक्त गितको रेकर्डिङ र छायांकन गर्न एक लाख बढी रकमको आवस्यकता रहेको बताउछन् । आफुले उक्त भिडियो भित्रि मधेश क्षेत्रको धार्मिक तथा पर्यटकिय क्षेत्रलाई समेटेर बनाएकोले थप सहयोग आउनेमा विस्वस्त रहेको पनि उनले बताएका छन् ।
गायक तारा सिंह बिष्टसंगको अन्तर्वार्ता
https://m.facebook.com/story.php?story_fbid=pfbid0UNECBYS3XjYmwkoekBpvaeg9AdreENiDTuJYoJyRQjuXZZ8KgVRaUyx8H8pYqq3Wl&id=100010722224742&mibextid=Nif5oz
सहयोग गर्न चाहानेहरुका लागि
AC/no: 1410283650300001
Ac/name : Tara Singh Bist
Bank Name : Kumari Bank Ltd
PhonePay : 9842232413 , Kumari Bank