डडेल्धुरा : जिल्लाको परशुराम नगरपालिकामा वडा अध्यक्षकप भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।
शुक्रबार माघ १९ गते देखि सुरुभएको सनिबार माघ २० गते सम्म चलको उक्त प्रतियोगिताको उपाधि चौराहा स्पोर्ट्स एशोसिएसन साँदनी ‘ए’ ले उचालेको छ ।
प्रगतिशिल युवा क्लब लामिगडा उपबिजेता भएको छ । खेलमा दुई टिमको सहभागिता गराएको चौराहा स्पोर्ट्स एशोसिएसन साँदनीको टिम ‘बि’ ले तेस्रो स्थानमा ओगट्न सफल भएको वडा अध्यक्ष कर्ण बहादुर धामिले बताएका छन् ।
प्रतियोगितामा ६ टिमको सहभागिता रहेको थियो । प्रथम पुरस्कार ३१ हजार पाँच सय एघार, द्वतिय पुरस्कार १७ हजार पाँच सय एघार र तृतिय पुरस्कार ११ हजार पाँचसय एघार रहेको धामिले बताएका छन्।