डडेल्धुरा : डडेल्धुराको भित्रिमधेश क्षेत्रको अग्रणी शैक्षिक संस्था दुर्गा माविको प्रधानाध्यापक पदमा शिक्षक मान बहादुर रावतको इन्ट्री भएको छ ।
निवर्तमान प्रधानाध्यापक नारायण दत्त जोशीले आफु स्वास्थ्य तथा व्यक्तिगत समस्यामा रहेको भन्दै शुक्रबार प्रधानाध्यापक पदबाट राजिनामा दिएका थिए । जोशीको राजिनामा विद्यालय व्यवस्थापन समितिले स्वकृति गरे पछी रावतलाई प्रधानाध्यापकमा नियुक्त गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर देउवाले बताए ।
आलिताल गाँउपालिका- ८ मा रहेको दुर्गा माध्यमिक विद्यालयको प्रधानाध्यापकमा आज आइतबार समितिले नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।