धनगढी : मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले धनगढी स्थित लुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालयमा कालो ब्यानर टासेको छ । वैद्य निकट क्रान्तिकारी युवा संगठन नेपाल सुदूरपश्चिम प्रदश समितिले कालो ब्यानर टासेको जनाइएको छ ।
राजेन्द्र निर्माण सेवा प्रा।लि। र बाबाहंस सिद्विकिशाही कनट्रर्कसनद्वारा कञ्चनपुरको दैजि, बेलौरी, बेलडाँडी, पुनर्वास हुदैँ डोके बजार जोड्ने हुलाकी सडक राजमार्ग निर्माणमा ढिलाई भएको भन्दै १५ दने अल्टिमेटम सहित कार्यालयमा कालो ब्यानर टासेको क्रान्तिकारी युवा संगठन सुदूर पश्चिमका संयोजक दिपेन्द्र ऐरले जानकारी दिएका छन् ।
अल्टिमेटम दिएको दिन भित्र निर्माण कार्य अगाडि नबढाए हुलाकि राजमार्ग योजना कार्यालय धनगढी र दुवै निर्माण व्यवसायिका विरुद संघर्षमा जाने ऐरले बताएका छन् ।