डडेल्धुरा : परशुराम नगरपालिकाले भलिबल र क्रिकेट टोलि घोषणा गरेको छ ।
नगरपालिकाले परशुराम ‘ए’ र ‘बि’ गरि ३० जना खेलाडीहरुको क्रिकेट टोलि घोषणा गरेको छ ।
भलिबल खेल बिधा तर्फ पुरुष २२ जना र महिला १८ जना खेलाडी रहने गरी टोलि घोषणा गरिएको हो ।
फागुन ३ गते देखी १० गते सम्म परशुराम नगरपालिकाले आयोजना गरेको चौथो मेयर कप पुरुष तथा उप-मेयर कप महिला भलिबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई मुल्यांकनका आधारमा छनोट गरिएको परशुराम नगरप्रमुख भरत बडायर जोशिले बताउनु भयो ।
स्थानिय स्तर, जिल्ला, प्रदेश र राष्ट्रिय स्तरमा हुने बिभिन्न प्रतियोगितामा सहभागि गराउदा छनोट गरिएका खेलाडी मध्ये प्रशिक्षण तथा अभ्यास खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई उक्त प्रतियोगिताहरुमा सहभागि गराइने जोशिले बताए । खेलाडीहरु समाजका ऐेना र राष्ट्रका गहना भएकाले यस क्षेत्रको बिकासका लगि आफु लागिरहने उनको भनाई छ ।
छनोट गरिएका बिभिन्न बिधाका खेलाडीहरुलाई पालिकाले निरन्तर प्रशिक्षण दिने बताइएको छ । डडेल्धुराको भित्रिमधेश क्षेत्र खेलाडीहरु उत्पादन गर्ने थलो समेत रहदै आएको छ ।
क्रिकेट टोलि


