डडेल्धुरा : आलितालमा रंगुन जलाधार क्षेत्रको वेसिन स्तरिय बहुसरोकारवालाहरुसंग अन्तरक्रिया कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
ग्रामिण महिला बिकास तथा एकता केन्द्र र अक्सफाम नेपालको सयुक्त साझेदारीमा संचालित जलाधार ब्यबस्थापन परियोजना अन्तर्गत बहुसरोकारवाला निकायसंग अन्तरक्रिया कार्यक्रम आइतबार आलिताल गाँउपालिकामा सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रममा रंगुन जलाधार क्षेत्रमा भएको अनुसन्धान र अध्ययनमा बेसिन स्तरको ड्राफ्ट सेटिङ र पृष्ठपोषणका लागी छलफल गरिएको थियो ।आजको कार्यक्रममा रंगुन जलाधार तथा जलस्रोत द्धन्द्ध व्यवस्थापन सम्बन्धि मोडल,जलस्रोत सुशासन पूर्वाधार व्यवस्थापन सम्बन्धि मोडल र जि आइ एस नक्सा निर्माण सम्बन्धि छलफल तथा अन्तरक्रिया गरिएको रूडुकका केन्द्रिय निर्देशक डा.कृष्ण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठले अन्तरक्रियाबाट आएको महत्वपूर्ण सुझावहरुलाई संकलन गरेर गृहकार्यको रुपमा सम्झेर आफुले अगामी दिनहरुमा योजना बनाएर काम गर्ने बताए । अन्तरक्रिया कार्यक्रममा आलिताल गाउंपालिका उपाध्यक्ष मैना कुमारी रावलले पालिकामा सम्पुर्ण स्रोत र साधन भएता पनि विज्ञताको कमीले बिकासमा समस्या भएको बताए । सिचाइको प्रसस्तै स्रोत भएता पनि अध्ययन र अनुसन्धानको पक्ष कमजोर भएकोले काम गर्न अन्योल भएको बताए । रावलले पर्यटकिय स्थल आलितालमा खानेपनि र सिचाइको लागी मात्र प्रयोग नभई जलविद्युत उत्पादन गर्न पनि सम्भावना भएकोले मन्त्रालयबाट उपस्थित भएका प्रतिनिधिलाई ध्यान दिन आग्रह गरे ।
कार्यक्रमका प्रमुख अथिति परशुराम नगरपालिका प्रमुख भरत बडायर जोशीले विकास निर्माणका लागी अध्ययन,अनुसन्धान महत्वपुर्ण पक्ष रहेको बताउदै विज्ञको कमिले विकास निर्माणको दिगोपनामा समस्या आईरहेको अनुभव सुनाए । उनले भने अहिले आफै अनुसन्धानकर्ता पनि आफै,कार्यन्वयन पनि आफै गर्नु पर्ने अवस्थाले समस्या समस्या भईरहेको बताए । विस्तृत अध्ययनको कमीले खानेपानीका संरचना निर्माण सम्पन्न भैसकेका कार्यक्रमहरु पनि मुहान सुक्ने समस्याले संरचना निर्माणमा लागेको लागत खेर गईरहेको बताए । भित्रिमधेश उर्वरभुमी भएको बताउदै सिचाइकै समस्याका कारण उत्पादन हुन नसकेको सुनाए । स्थानिय स्रोत साधन विक्री वितरण गर्न नपाउने कानुन नै बदल्नु पर्ने बताउनै स्थानिय तहलाइ काम गर्न सहज हुने कानुन निर्माण गर्न सरकारलाई सुझाएका छन् ।
अन्तरक्रिया कार्यक्रममा रूडुकका केन्द्रिय निर्देशक डाक्टर कृष्ण कुमार श्रेष्ठ,परशुराम नगरपालिका प्रमुख भरत जोशी, जोरायल गाउँ पालिका अध्यक्ष दुर्गा दत्त ओझा,संबिधान सदस्य हरिलाल थापा,आलिताल गाउँ पालिका उपाध्यक्ष मैना कुमारी रावल,जल तथा उर्जा आयोगका सह सचिब कलानिधि पौडेल,विभिन्न वडाका वडा अध्यक्ष,विभिन्न खानेपानी उपभोक्त समितिका पदाधिकारी,सामुदायिक बनका प्रतिनिधि तथा पदाधिकारी,ताल संरक्षण समितिका प्रतिनिधि तथा पदाधिकारी,स्थानिय संचारकर्मी, महिला शसक्तिकरणका प्रतिनिधि तथा रुडुक र अक्सफामका पदाधिकारी लगाएको उपस्तिथि रहेको थियो ।