डडेल्धुरा : मंगलबार अपराह्नन आलिताल गाँउपालिका-८ घुम्तिबजारबाट आलिताल जानेबाटो नजिक एक युवक बेहोस् अवस्थामा फेला परे।
अन्दाजि २८बर्षिया जोरायल गाँउपालिका-१ गैराका राजु बि.क. लाई घटना स्थलबाट तत्काल प्रहरीले उद्दार गरेर परशुराम नगरपालिका १२ मा रहेको जोगबुढा अस्पताल पुर्याएको थियो । उनलाई अस्पतालका डाक्टर जितेन्द्र चौधरीले मृत घोषणा गरेका हुन। चौधरीका अनुसार मृतक बिकको अस्पताल नपुग्दै मृत्यु भइसकेको थियो।
घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।