अछाम : अछामका ६० बर्षिय धर्मे कामी काठमाडौंको कलंकीबाट वेपत्ता भएका छन् ।
अछामको पञ्चदेवल विनायक नगरपालिका-२ स्थायी ठेगाना भई हाल काठमाडौंको कलंकी खड्मागाउँको डेरमा बसिरहेका धर्मे कामी फागुन १४ गते सोमबारबाट सम्पर्क विहिन भएका हुन् ।
रातो कालो ज्याकेट, फर्मल पाईन्ट, कालो रगंको जुत्ता लगाएको, अन्दाजी ५ फिट ५, उचाई भएका, वर्ण गहुँगोरो, मझौला शरिर, छोटो कपाल भएका उनि फेला नपरेपछि जान सक्ने सम्भावित ठाउँहरु कोहलपुर, नेपालगन्ज, सुर्खेत, दैलेख, कैलालीको लम्की लगायतका स्थानमा समेत खोजी कार्यमा सहयोग गरिदिन परिवारले अपिल गरेको छ ।
उल्लेखित हुलिया भएका व्यक्ति कहि कतै फेला परेको खण्डमा निजका हस्त विकको मोबाईल नम्वर ९८५१२८००४६ मा सम्पर्क गरिदिन वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ ।