डडेल्धुरा : डडेल्धुराको आलिताल- ८ मा रहेको लिटल प्याराडाइज आधारभुत बोर्डिङ स्कुलले ८ औँ स्थापना तथा अभिभावक दिवस मनाएको छ ।
बुडर(जोगबुढा सडक खण्डको गोदामबजारमा रहेको बोर्डिङ स्कुलमा यसक्षेत्रका करिब दुई सय पचास बढी विद्यार्थी अध्ययन गर्दै आएका छन् । ग्रामिण क्षेत्रमा गुणस्तरिय शिक्षा उपलब्ध गराउने उद्देश्यका साथ २०६५ सालमा स्थापना भएको बोर्डिङ स्कुलमा हाल नर्सरी देखि ८ कक्षा सम्म पढाई संचालन भइरहेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर डालाको अध्यक्षतामा सम्पन्न भएको स्थापना दिवशमा आलिताल गाँउपालिकाका जनप्रतिनिधिका साथै विभिन्न विद्यालयका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, स्थानिय सुरक्षा निकायका प्रतिनिधि, संञ्चारकर्मी तथा स्थानिय अभिभावकहरुको उपस्थिती रहेको थियो ।
आज सम्पन भएको कार्यक्रममा गत शैक्षिक सत्रको हरेक कक्षामा प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थिका साथै अध्ययनमा वर्षको उत्कृष्ठ विद्यार्थि तथा अनुशासनमा वर्षको उत्कृष्ठ विद्यार्थिहरु लाई सम्मानित गरिएको थियो ।
स्थापना दिवस कार्यक्रमकी प्रमुख अतिथि आलिताल गाँउपालिकाकी उपाध्यक्ष मैना कुमारी रावलले शिक्षा बिना मानिसको जिवन अन्धाकार रहेको बताइन् ।
कार्यक्रका बिशिष्ट अथिति वडा नम्बर ८ का अध्यक्ष धन बहादुर देउवाले विद्यालयको आगामी दिन शैक्षिक गुणस्तर अब्बल बनाएर आगाडी बड्न सुझाव सहित शुभकामना दिएका छन् ।
कार्यक्रममा विद्यालयमा अध्ययनरत बालबालिकाले बिभिन्न साँस्कृतिक झलकहरु प्रस्तुत गरेका थिए ।
सम्पादक : डम्मरी थापा
कार्यकारी सम्पादक: मनोज रावत
डेस्क सम्पादक: दिर्घ साहि
डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा
डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्
कैलाली संवाददाता: पुस्पा कुमारी साउद
कञ्चनपुर संवाददाता: गणेश एसके