डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका-१ सलौनका स्थानिय सामुहिक श्रमदानमा जुटेका छन्।
यहि फाल्गुन २५ गते आउदै गरेको महाशिवरात्रीलाई लक्षित गर्दै परशुराम-१ बडिगाडामा रहेको शिवधामको भौतिक व्यवस्थापन तथा सरसफाइमा जुटेको शिवधाम क्षेत्र बिकास समितिका सल्लाहकार संयोजक केशब राज अवस्थीले बताएका छन् ।मेला व्यवस्थापन गर्ने उद्देश्यले महाशिवरात्रीको आगमन पुर्व शिवधाम बडीगडा क्षेत्र विकास समिति, परशुराम नगरपालिका-१ सलाैनले शिवधामकाे भाैतिक व्यवस्थापन तथा सरसफाइका कामहरु निरन्तर जारी राखेकाे बताइएको छ।
यसै क्रममा आज जानकी सामुदायिक वनका महिला, यस क्षेत्रका युवा युवति लगायतले श्रमदानमा सहभागिता जनाएका छन् । स्थानियबासिसंगै बिभिन्न सहयोगदाताहरुले श्रमदान तथा शिवधामलाई सहयोग गरिरहेको उनले बताए। धामलाई अवस्यक पर्ने ढुङ्गा, सिमेन्ट, गिट्टि बालुवा लगाएतका समाग्रिहरु दाताहरुबाट स्वस्फुर्त रुपमा सहयोग आइरहेको अवस्थीले जानकारी दिए ।
उक्त क्षेत्रमा शिवरात्रीको अवसरमा हरेक बर्ष भव्यमेला लाग्ने गरेको छ।