डडेल्धुधरा : डडेल्धुराको आलिताल गाँपालिकामा बिहेमा कुटपिट हुँदा एक बालक गम्भिर घाइते भएकाछन् ।
आलितालको वडा नम्बर ३ पड्याममा एक बिहेबाट घर जानेक्रममा छिमेकी गाँउ नागपानिका १६ बर्षिया बिनोद थापामगरलाई आलिताल-३ चौडका करन बोहराले कुटपिट गरि गम्भिर घाइते बनाएका हुन । बिहेबाट घर जानेक्रममा थापा र बोहरा बिच समान्य विवाद हुँदा टाउकोमा लाठ्ठीले हिर्काएर घाइते बनाएको प्रहरीले जनाएको छ । टाउकोमा गम्भिर चोट लागेको छ।
हिजो राति करिब ११ बजे तिर घटना भएको हो ।
घाइते थापाको धनगढी स्थित निसर्ग अस्पतालको आइसियु कक्षमा उपचार भइरहेको छ।
थापालाई कुट्ने बोहरा इलाका प्रहरी कार्यालय जोगबुढाको नियन्त्रणमा छन् ।