डोटी : डोटीमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किएका छन् ।
डोटीको जोरायल गाँउपालिका वडा नम्बर २ बसेनी भन्ने ठाँउमा बुडरबाट जोगबुढा गइरहेको से १ ज २११ नम्बर प्लेटको जिप र बिपरित दिशाबाट आइरहेको सु प प्र ०१०१२ प ८१ नम्बर प्लेटको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो।
मोटरसाइकल चालक कन्चनपुर जिल्ला पुनर्वास नगरपालिका बस्ने दिनेश सिंह दियाल रहेका छन्। जिपधनि परशुराम नगरपालिका-१२ का राम बहाबहदुर भट्टटाई रहेको बुडर प्रहरीले जनाएको छ। मोटरसाइकल चालकलाई समान्य चोट लागेको जनाइएको छ। उनलाई उपचारको लालगि धनगढी पठाइएको प्ररहरीको भनाई छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।