बाजुराः बाजुराको एक पालिकाभित्रै महिला कर्मचारीबिच कुटाकुट भएको छ।
शुक्रवार जिल्लाको बडिमालिका नगरपालिकामा कार्यरत दुई महिला कर्मचारीबिच कुटाकुट भएको हो। मेड्पा परियोजना प्रमुख रन्जीता शाही र कबिताकुमारी सुर्यबंसीबिच कार्यालयमै कपाल लुछालुछ तथा कुटाकुट भएको छ। कार्यालय र शाखाको जिम्मेवारीसहितको आन्तरिक विवादका कारण आपसमा झगडा भएको बुझिएको छ।
शाहीको कुटाइबाट कविताको टाउकोमा चोट लागेर जिल्ला अस्पताल बाजुराको आकस्मीक कक्षमा उपचार भइरहेको छ।
कविताले पिरमर्का पोख्दै गर्दा एकाएक बेहोस भएपछि उनलाई अस्पताल पठाइएको प्रमुख प्रशासकीय बमबहादुर केसीले बताए।
केसीका अनुसार, दुबै कर्मचारीबीच आन्तरिक द्वन्द्व हुँदै आएको थियो। कार्यालयमा भनाभन र लुछाचुडी भएको र कुरा सामान्य भएको उनको भनाइ छ।