• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

डडेल्धुराका महरा सहित राष्ट्रिय सभाका अध्यक्ष र २० जनाको पदावधि आज सकिँदै

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
फाल्गुन २०, २०८०
0
डडेल्धुराका महरा सहित राष्ट्रिय सभाका अध्यक्ष र २० जनाको पदावधि आज सकिँदै

काठमाडौं : राष्ट्रिय सभाका अध्यक्ष सहित २० जनाको पदावधि आइतबारदेखि सकिँदैछ।  उनीहरुको स्थानमा नयाँ सदस्यहरु निर्वाचित भइसकेका छन्। उनीहरुको सपथ सोमबार हुँदैछ।

नयाँ संविधान बमोजिम राष्ट्रिय सभा गठन भएपछि पहिलो पटक कार्यकाल निर्धारण गर्न गोला प्रथा भएकोमा त्यसबेला ६ वर्षे कार्यकाल निर्धारण भएका सांसदको पदावधि आजदेखि सकिएको हो।

पदावधि सकिनेमा एमालेबाट निर्वाचित राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना, इन्दु कडरिया, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ, रामचन्द्र राई छन्।

राष्ट्रिय सभामा कांग्रेसबाट निर्वाचित पाँच सांसदको पनि पदावधि सकिएको छ। कांग्रेसका  अनिता देवकोटा, जितेन्द्रनारायण देव, प्रकाश पन्थ, रमेशजंग रायमाझी र दृगनारायण पाण्डेको पदावधि सकिएको छ।

माओवादीका तीन जनाको पनि पदावधि सकिएको छ। जसमा महेशकुमार महरा, बिना पोखरेल र हरिराम चौधरी छन्।

एकीकृत समाजवादीका नन्दा चपाईं र सिंगबहादुर विश्वकर्माको पदावधि सकिएको छ।
जसपाकी प्रमिला कुमारीको पनि पदावधि सकिएको छ।

त्यस्तै, स्वतन्त्रबाट निर्वाचित खिमलाल देवकोटाको पनि पदावधि सकिएको छ।

राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिबाट मनोनित विमला राई पौड्यालको पनि पदावधि सकिएको छ। पौड्यालको ठाउँमा मन्त्रिपरिषद्को सिफारिसमा एक जना मनोनित हुनेछन् भने बाँकी १९ सांसदका लागि निर्वाचन भएको थियो।

उनीहरुले अवकाश पाउने भएपछि बिहीबारको राष्ट्रिय सभा बैठकमा ६ वर्षे पदावधि पूरा गरी बिदाइ हुन लागेका सांसदहरूले आफ्नो अनुभव व्यक्त गर्ने मौका दिइएको थियो।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिदाइ हुन लागेका सांसदहरूको अनुभव आउँदा दिनमा पनि उपयोगी हुन सक्ने उल्लेख गर्दै आफ्नो अनुभव प्रस्तुत गर्न समय उपलब्ध गराएका थिए। उनीहरुले संघीय स‌ंसद्‌को माथिल्लो सदनलाई सरकारले बेवास्था गरेको भन्दै गुनासो गरे।

सम्बन्धित Posts

नेकपा बहुमत डडेल्धुराको चौथो बैठक सम्पन्न, सशक्त संघर्ष गर्ने निर्णय
राजनीति

नेकपा बहुमत डडेल्धुराको चौथो बैठक सम्पन्न, सशक्त संघर्ष गर्ने निर्णय

पुस १०, २०८२
कैलालीबाटै चुनाव लड्छुः आरजु राणा
चुनाव

आरजु देउवा दुई ठाउँबाट उम्मेदवार सिफारिस

मंसिर २६, २०८२
प्रधानमन्त्री देउवा धनगढी आउने कार्यक्रम स्थगित
राजनीति

कांग्रेस सभापति देउवा खतरामुक्त, सुरक्षित ठाउँमा राखेर उपचार गरिँदै

भदौ २५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीशमाथि कालोमोसो दल्ने युवा ६ लाख धरौटीमा रिहा
राजनीति

आलमलाई सफाइ दिने न्यायाधीशमाथि कालोमोसो दल्ने युवा ६ लाख धरौटीमा रिहा

असार २७, २०८२
नेताको गति र मतिसँग नागरिक सन्टुष्ट छैनन् : गगन थापा
राजनीति

डाँडामा बसेर लाखौँ कमाउन सम्भव छः गगन थापा

बैशाख १६, २०८२
एमालेले रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने,शपथ भोली
देश/राष्ट्रिय

एमालेले रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने,शपथ भोली

बैशाख १०, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

बैतडी र बाजुरामा वर्षासँगै हिमपात

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

✍️ जनमुक्ति संवाददाता
पुस १६, २०८२
0

कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

✍️ जनमुक्ति संवाददाता
पुस १५, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग