डडेल्धुरा : डडेल्धुराको आलितालमा एक महिला बेपत्ता भएकिछिन् ।
जिल्लाको आलिताल गाँउपालिका – ३ चनला बस्ने शंकर चुनाराकी ४२ बर्षिया श्रीमती डल्लि देवि चुनारा विगत ६ दिन देखि बेपत्ता रहेकी हुन् ।
आलिताल प्रहरी चौकीमा खोजतलास गरिदिन भनि हुलिया सहित निवेदन समेत दर्ता गरेको परिवार स्रोतले बताएको छ।
आलिाल-८ मौरी बजार जान लुगा सिलाएको पैसा तिर्छु भनि फाल्गुन १५ गते घरबाट निस्किएकि महिला हाल सम्म पनि सम्पर्कमा नआउदा बेपत्ता महिलाका भतिजा हिक्मत चुनाराले खोजिकार्यमा सहयोग गरिदिन आग्रह समेत गरेका छन् ।
बेपत्ता महिलाका दुई छोरा र ३ छोरी रहेका छन् । उनका श्रीमान गाँउघरमै मजदुरी गर्दै आएका छन् ।
बेपत्ता महिला कसैले देखेमा वा भेटेमा परिवार स्रोतको ९८६५७६३३७९ नम्बरमा सम्पर्क गर्न सकिने छ ।