• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

कैलालीको जानकीका स्वास्थ्यकर्मीले चार महिनादेखि पाएनन् तलब

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
फाल्गुन २२, २०८०
0
कैलालीको जानकीका स्वास्थ्यकर्मीले चार महिनादेखि पाएनन् तलब

कैलाली : कैलालीको जानकी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार  महिनादेखि तलबभत्ता नपाएको जनाउँदै गुनासो गरेका छन्। उनीहरुले चालु आर्थिक वर्षको असोजसम्मको मात्र तलबभत्ता पाएका थिए।

तलबभत्ता रोकिएपछि दैनिक जनजीवन चलाउन मुस्किल हुन थालेको उनीहरूको भनाइ  छ। ‘आएको तलबभत्ताबाटै घर खर्चदेखि बालबालिकाको विद्यालयको शुल्कलगायत आधारभूत खर्चको जोहो गर्नुपर्ने बाध्यता छ। त्यो भन्दा अरु आयस्रोत हामीसँग छैन।’ गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी प्रमोद कठरियाले भने, ‘समयमा पैसा नआएपछि जनजीवन चलाउन समस्या हुन थालेको छ। घर–व्यवहार चलाउन मुस्किल हुँदै गएको छ भने बैंकको ब्याज तिर्न सकिएको छैन।’

विज्ञापन
cp

सङ्घीय तहबाट स्थानीय तहमा समायोजन भएर आएका स्वास्थ्यकर्मीले पाउँदै आएको तलबभत्ता गाउँपालिकाले बजेटको अभाव देखाउँदै रोकिदिएको छ। सङ्घीय सरकारबाट आर्थिक वर्षको सुरुमै आउनुपर्ने पर्याप्त बजेट नआएपछि समस्या भएको गाउँपालिकाले जनाएको छ। सङ्घीय तहबाट आउनुपर्ने बजेट समयमा आउन नसकेका कारण समस्या देखिएको गाउँपालिकाका लेखा अधिकृत दिनेश माझीले जानकारी दिए।

‘गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीका लागि वार्षिक रु तीन करोडभन्दा बढी बजेट चाहिन्छ। यस वर्ष रु एक करोड १४ लाख बजेटमात्रै आएको हुँदा त्यस बजेटले असोजसम्मलाई भयो’, उनले भने, ‘अन्य शीर्षकबाट पनि खर्च गर्न नपाइने भएपछि कार्यरत स्वास्थ्यकर्मीको चार महिनाको तलब रकम भुक्तानी गर्न सकिएको छैन।’

विज्ञापन
Sonalika

हाल गाउँपालिकामा सङ्घीय तहबाट स्थानीय तहमा समायोजन भएर आएका ४९ स्वास्थ्यकर्मी कार्यरत छन्। स्थानीय तहले करार तथा ज्यालादारीमा व्यवस्थापन गरिएका अन्य कर्मचारीले भने नियमित तलबभत्ता पाइरहेका छन्। ‘मन्त्रालयबाट तलबभत्ता शीर्षकमा आएको रकम तीन महिनामा सकिएपछि बाँकी आउने रकम समयमा नआउँदा समस्या आएको हो ।

 

स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले भने, ‘हामीले गाउँपालिकाबाट मन्त्रालयलाई ताकेता गर्दै आएका छौँ। स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयलाई रकमका लागि आग्रह गरिसकेको भन्ने आएको छ, आशा गरौँ तलब आउँछ।’

गाउँपालिकाले पटक–पटक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई स्वास्थ्यकर्मीको तलबभत्ताका लागि लिखित तथा मौखिक आग्रह गर्दै आएको गाउँपालिकाका अध्यक्ष गणेश चौधरी बताए। ‘हामीले हाम्रो तर्फबाट गर्ने प्रयास गरिरहेका छौँ। मन्त्रालयले जतिसक्दो चाँडो कर्मचारीको तलबभत्ता व्यवस्थापन गरोस् भन्ने हो’, उनले भने।

गत वर्ष यस्तै समस्या भजनी नगरपालिका र जोशीपुर गाउँपालिकामा पनि देखिएको थियो। सङ्घबाट समायोजन भएर स्थानीय तहमा  कार्यरत स्वास्थ्यकर्मीको तलबभत्ता नआएपछि स्वास्थ्यकर्मीले आन्दोलन नै गर्नुपरेको थियो। स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएपछि केही महिनाको तलबभत्ता स्थानीय तहले आन्तरिक स्रोतबाट व्यवस्थापन गरेका थिए।

 

सम्बन्धित Posts

मूर्तिमा जडित सुनचाँदीको गरगहना चोरी गर्ने गिरोह पक्राउ
सुदूरपश्चिम

डडेल्धुराको आलितालबाट अवैध काठ चिरानी मुद्दाका फरार प्रतिवादी पक्राउ

असार २, २०८२
डडेल्धुराको परशुरामलाई भारतिय दूतावासको एम्बुलेन्स र स्कुल बस सहयोग
सुदूरपश्चिम

डडेल्धुराको परशुरामलाई भारतिय दूतावासको एम्बुलेन्स र स्कुल बस सहयोग

असार १, २०८२
डडेल्धुराको आलितालका करन भारतको ब्याङ्लोरबाट बेपत्ता
सुदूरपश्चिम

डडेल्धुराको आलितालका करन भारतको ब्याङ्लोरबाट बेपत्ता

जेष्ठ ३०, २०८२
कर्णालीका गायक बिष्ट र सुदूरकी गायिका भण्डारीको १९ बर्षपछि पुनर्मिलन
सुदूरपश्चिम

कर्णालीका गायक बिष्ट र सुदूरकी गायिका भण्डारीको १९ बर्षपछि पुनर्मिलन

जेष्ठ २५, २०८२
तटबन्ध पुनःनिर्माण नगरे प्रदेश सांसदहरुलाई परशुराममा प्रवेश निषेध
सुदूरपश्चिम

तटबन्ध पुनःनिर्माण नगरे प्रदेश सांसदहरुलाई परशुराममा प्रवेश निषेध

जेष्ठ २३, २०८२
पुर्व मुख्यमन्त्री सोडारीलाई निलम्बन गर्न अख्तियारको पत्र
सुदूरपश्चिम

पुर्व मुख्यमन्त्री सोडारीलाई निलम्बन गर्न अख्तियारको पत्र

जेष्ठ २१, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

मूर्तिमा जडित सुनचाँदीको गरगहना चोरी गर्ने गिरोह पक्राउ

डडेल्धुराको आलितालबाट अवैध काठ चिरानी मुद्दाका फरार प्रतिवादी पक्राउ

✍️ जनमुक्ति संवाददाता
असार २, २०८२
0

यौन क्षमता बढाउन खानुहोस् यी १० खानेकुरा

नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता

✍️ जनमुक्ति संवाददाता
असार २, २०८२
0

डडेल्धुराको परशुरामलाई भारतिय दूतावासको एम्बुलेन्स र स्कुल बस सहयोग

डडेल्धुराको परशुरामलाई भारतिय दूतावासको एम्बुलेन्स र स्कुल बस सहयोग

✍️ जनमुक्ति संवाददाता
असार १, २०८२
0

डडेल्धुराको आलितालका करन भारतको ब्याङ्लोरबाट बेपत्ता

डडेल्धुराको आलितालका करन भारतको ब्याङ्लोरबाट बेपत्ता

✍️ जनमुक्ति संवाददाता
जेष्ठ ३०, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग