डडेल्धुरा, आलिताल : डडेल्धुराको आलितालमा बालककुटपिट घटनमा ट्विस्ट आएको छ । आलिताल(३ पड्याममा फागुन १७ गते बिहिबार राति बिवाह भोज खाएर घरफर्किने क्रममा बाटोमा भएको बालक कुटपिट घटना ‘ग्याङफाईट’ भएको खुलासा भएको छ ।
यस्तो थियो घटना :
वडा नम्बर ३ का अध्यक्ष बल बहादुर बुढाका अनुसार : बालक कुटपिटमा संलग्न भनिएका आलिताल-३ का करन बोहराको करिब ३/४ जनाको टोलि र आमसैनी भन्ने ठाँउबाट बिवाहको घर आउदैँ गरेका बिनोद थापासहितको करिब ६/७ जनाको टोलि बिच बाटोमा जम्का भेट भयो । मदिराले मातेका करनले बोनोदको टोलिलाइ काहाँ हो घर, कता जान लागेको भनेर सोधे रु बिनोदसहितको टोलिले घर ‘आमसैनी’ हो, बिहेमा जाँदैछौ भन्ने जवाफ दिए। त्यत्तिकैमा करनले बिनोदको कपाल समाते छन् । त्यस पछि विवाद चर्किदै गयो र दुवै समुह बिच हात हानाहानको अवस्था आयो । त्यँहा समान्य विवाद भएपछि करनको टिममा कम मान्छे भएका कारण उनिहरुको टिम घटना स्थलबाट भागेर गए । केहि अगाडि गए पछि बोनोद थापा सहितको टिम उनिहरुलाई लखेट्दै पछि पछि गयो र भेटायो । त्यसपछि त्यँहा स्थिति तनाबग्रस्त रह्यो । एक आपसमा लडाइ सुरु भयो जसको हातमा जे पायो त्यहि प्रहार गर्न थाले । सोहि क्रममा दुवै टिमले लाठ्ठी प्रहार गर्न थाले । त्यँहिबेला करनले प्रहार गरेको लाठ्ठी बिनोदको ठाउकोमा लाग्यो र बिनोद लगाएतको टिमले प्रहार गरेको लाठ्ठी करनको हात र ठाउकोमा लाग्यो । हात भाच्चियो ।ठाउकोमा चोट लाग्यो । ग्याङफाइट भएको करनले आफुलाई बताएको अध्यक्ष बुढामगरले बताए ।
घटनाको दोस्रो दिन बिनोदका अभिभावक आएर आलिताल प्रहरी चौकिमा मुद्दा दायर गरे। बोनोदले आफुमाथि कुटपिट भएको मुद्दा दायर गरेपछि इलाका प्रहरी कार्यालयको टोलि आएर करनलाई नियन्त्रणमा लियो । करनकि श्रीमतिले आफ्नो श्रीमानको हात र टाउकोमा चोट लागेको छ । पहिला उपचार गर्न दिनुहोस् भन्दा प्रहरीले मानेन । प्रहरीले हामी आफै चेकजाँच गरेर थुनामा रख्ने बतायो र करन लाग्यो । करनले बिनोदको उपचार गरिदिने सहमतिमा २४ घण्टा थुनेर घर पठायो । हात र टाउकोमा चोट भएका करन चेकजाँच गर्न भनि धनगढि स्थित माया मेट्रो अस्पताल गए। त्यहाँ एक्सरे गर्दा हात हड्डि भाच्चिएको रिपोर्ट आयो।
अहिले करन सोहि अस्पतालमा रहेर उपचार गराइ रहेको उनकि श्रीमती मन्जु बोहराले बताइन् । बोहराले बिनोदका परिवारले पैसा मागिगरहेको बताइन्इन । चोट हामिलाई पनि परेको छ यस्तो अवस्थामा म कसरी उहाँहरुलाई पैसा दिने उनले भनिन् ।
ग्याङफाइटमा घाइते अर्का बिनोद थापा पनि सोहि अस्पतालमा उपचार गराइ रहेका छन् ।
यो पनि पढ्नुहोस् :