रामपुर । निन्द्रामा पत्नीले बारम्बार भिनाजुको नाम लिएपछि एक पुरुषले मध्यरातमै हङ्गामा गर्नुका साथै मामिलालाई प्रहरी कार्यालयसम्म पुर्याएका छन् ।
घटना भारतको उत्तर प्रदेश राज्यको रामपुरमा भएको हो । अजीमनगर थाना क्षेत्र अन्तर्गत भएको सो घटनाबारे प्रहरीले उक्त दम्पतीको परिचय भने खुलाएको छैन ।
सोमबार बिहानै ती युवकले पत्नीका माइती पक्षलाई समेत बोलाएका थिए । त्यसपछि मामिला प्रहरी कार्यालयसम्म पुगेको थियो । प्रहरीले ती महिलासँग सोधपुछ गर्दा आफूले डरलाग्दो सपना देखेका कारण भिनाजुको नाम लिएको हुन सक्ने बताएकी थिइन् ।
आफूले सपना देखेको कुरा भने पनि राति पतिले निरन्तर कुटपिट गरेको उनको गुनासो थियो । पछि प्रहरीले दुवैलाई सम्झाइबुझाइ घर फर्काएको बताइएको छ ।