डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकाले दलित लक्षित किसानलाई बाख्रा वितरण गरेको छ। पालिकाको वडा नम्बर ६ का प्रति व्यक्ती ४ ओटा गरि १५ परिवारलाई ६० गोटा बाख्रा वितरण गरेको हो । पालिकाले खरी जातको बाख्रासंगै औषधि पनि वितरण गरिएको छ ।
बुधबार एक कार्यक्रमका बिच पालिका उपाध्यक्ष तथा कार्यक्रकि प्रमुख अथिति मैना कुमारी रावलले किसानलाई बाख्रा वितरण गरेकी हुन् । उनले वितरण कार्यक्रममा बोल्दै ‘पालिकाले किसान र लक्षित बर्गमा लगाएको लगानीलाई सदुपयोग गर्नु पर्ने बताइन् । उनले पालिकाको उक्त सहयोगले दलित परिवारहरुको जिवन स्तर एक तह माथि उठ्ने दावि समेत गरिकि छन् ।
स्थानियले पालिकाको उक्त कार्यले लक्षित बर्गको उत्थान हुने बाताउछन। बाख्रा वितरणले हाम्रो आय आर्जन
मा टेवा पुग्ने स्थानिय धना कामी बताउनुहुन्छ ।
बाख्रा बितरण कार्यक्रममा वड नम्बर ६ का अध्यक्ष कुम्भर बुढा, वडा नम्बर ३ का अध्यक्ष बल बहादुर बुढा, पशु शाखा केन्द्र आलितालका प्रमुख डम्मर जोशी लगाएतको उपस्थिति रहेको थियो।
पालिकाले गत बर्ष पनि ३० परिवारलाई खरि जातका माउ बाख्रा बितरण गरेको थियो।