डडेल्धुरा : डडेल्धुरामा कालोमसो दलेको आरोपमा एक जना पक्राउ परेका छन् । मोहन वैद्य ‘किरण’ नेत्रित्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल डडेल्धुराका जिल्ला समिति सदस्य तथा मगर संघ डडेल्धुराका ईञ्चार्ज कमल थापा मगर पक्राउ परेका हुन्।
कालोमसो दलेको आरोपमा आलिताल गाँपालिका-२ कनेडी बस्ने २९ बर्षिया कमल थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो । थापालाई आईतबार आलिताल -१ हर्तोलाबाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक
करबिर ऐरले बताएका छन् ।
पक्राउ परेका थापालाई थप अनुसन्धानको लागि प्रहरीले थुनामा राखेको छ। उनलाइ ७ दिनको म्याद थपि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
गत माघ २८ गते आलिताल गाउँपालिका–३ का जयसिंह महरलाई आइतवार दिउँसो मोहन वैद्य नेतृत्वको पार्टीका व्यक्ति भन्दै आएका युवाको समूहले उनलाई सिँचाइ योजनामा भ्रष्टचार गरेको भन्दै मोसो दलेको थियो ।
थापा पक्राउको बिषयमा पार्टीका संयोजक सागर बोहराले बिग्यप्ति समेत जारी गरेका छन् । उनलाई बिनाशर्त रिहाई गर्न माग गरिएको छ ।