डडेल्धुरा : डडेल्धुराको आलितालमा एसईई परिक्षा अवधिभर मदिरा बिक्री वितरणमा रोक लगाइएको छ ।
पालिकाको वडा नम्बर ४ ले मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो। भोली बिहिबार चैत्र १५ गतेबाट माध्यमिक शिक्षा परिक्षा (एसईई) वडा नम्बर ४ को कृष्ण कालिका माध्यामिक विद्यालयमा हुने भएको छ । उक्त परिक्षा केन्द्रमा टाढा टाढाबाट परिक्षार्थी बालबालिकाहरु परिक्षा दिनको लागि आउने क्रम जारी रहेको छ।
परिक्षालाई शान्त र भयरहित वातावरणमा सम्पन्न गर्न एसईई परिक्षा अवधिभर कुनै पनि मदिराजन्य पदार्थ सेवन गरि होहल्ला तथा झैझगडा गरी परिक्षाको वातावरणलाई प्रभावित पर्ने काम नगरिदिन वडा कार्यालयले अनुरोध गरेको छ । मदिरा बिक्री वितरण गर्ने पसललाई पनि परिक्षा अवधिभर मदिरा बिक्री वितरणमा रोक लगाई दिन समेत वडा कार्यालयलेआग्रह गरेको छ ।