धनगढी: कैलाली प्रिमियर लिग अन्तर पालिका टि-ट्वान्टी क्रिकेट प्रतियोगिता बिजेता र उपबिजेतालाई माओवादी केन्द्र सुदूरपश्चिम सचिवालयले नगदसहित सम्मान गरेको छ ।
सुदरपश्चिम प्रदेश इञ्चार्ज गिरीराजमणी पोख्रेलको प्रमुख आथित्यमा शनिबार एक कार्यक्रमका बिच खेलाडीहरुलाई सम्मान गरेको हो ।
सचिवालयले क्रिकेट प्रतियोगिताको बिजेता आलिताललाई नगद तिस हजार र खादामाला सहित सम्मान गरेको छ । उपबिजेता परशुरामलाई नगद १० हजार र खादा माला सहित सम्मान गरेको बताइएको छ ।
सम्मान कार्यक्रममा माओवादी केन्द्रका नेता माननिय जगत पार्की, नेता ओमप्रकाश पुन, बिना मगर, सरल भाट लगायतको उपस्थिति रहेको थियो ।
११ पालिका सहभागि उक्त प्रतियोगिताको फाइनल खेलमा टस जितेर फिल्डिङ रोजेको आलिताललाई परशुराम नगरपालिकाले १०८ रनको लक्ष्य दिएको थियो । आलितालले उक्त लक्ष्य १९.१ ओभरको समाप्तिमा पुरा गरेको थियो ।
सम्पादक : डम्मरी थापा
कार्यकारी सम्पादक: मनोज रावत
डेस्क सम्पादक: दिर्घ साहि
डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा
डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्
कैलाली संवाददाता: पुस्पा कुमारी साउद
कञ्चनपुर संवाददाता: गणेश एसके