धनगढीः कैलालीको धनगढीमा रहेको विवेक ईण्डष्ट्रीज प्रा. लि.को दाना उद्योगमा आगलागी भएको छ।
धनगढी–३ बोराडाँडी कान्तिपुर टोलमा रहेको दाना उद्योगमा बत्ती सट भई आगलागी भएको प्रहरीले जनाएको छ। आगलागी नगरप्रहरी र दमकल टोली द्वारा आगो नियन्त्रमा लिईएको छ। आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको यसबारे अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।











