धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन्। बिहीबार बेलुका सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँलाई मुख्यमन्त्री शाहले राजीनामा बुझाएका हुन्।
गत वर्षको माघ २६ गते संविधानको धारा १६८ को उपधारा ३ बमोजिम संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा नेपाली कांग्रेसका शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
सत्ता गठबन्धन फेरबदलका कारण १४ महिनामा शाह नेतृत्वको सुदूरपश्चिम सरकार ढलेको हो। २१ फागुनमा सत्ता गठबन्धन फेरबदल भएपछि तत्कालीन सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि अल्पमत परेका मुख्यमन्त्री शाहले सत्ता जोगाउनका लागि एक महिना निकै कसरत गरे। तर, सफल भएनन्।