डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकामा खुला पुरुष भलिवल प्रतियोगिता हुने भएको छ ।
आलिताल- ८ गोदाम बजारमा रहेको गोदाम ब्रदर्श युवा क्लबको आयोजनामा ४४ हजार राशिको खुला पुरुष भलिवल प्रतियोगिता हुने भएको हो ।
नयाँ वर्ष २०८१ को अवसरमा मैत्री पूर्ण आलिताल गाउँपालिका स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको क्लवका अध्यक्ष नबिन जोशिले बताए।
प्रतियोगिता चैत्र २७ र २८ गते आलिताल गाँउपालिकाको घुम्तिबजार नजिक नवनिर्मित खेल मैदानमा खुला भलिबल प्रतियोगिताका लागि स्थानिय व्यपारी, बिद्धिजिबि, कर्मचारीहरुले स्वस्फुर्तरुपमा नगद रकम सहयोग गरिरहेको आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रथम पुरस्कार ४४ हजार, द्धितीय पुरस्कार ३३ हजार र तृतीय पुरस्कार २२ हजार राखिएको छ।
प्रतियोगिता संचालनको संयोजन गरिरहेका इन्द्र साउदका अनुसार हाल सम्म करिब १ लाख बढी रकम सहयोग प्राप्त भईसकेको बताए ।
प्रतियोगितामा आलिताल गाउँपालिका भित्र रहेका वडा,संंघसंस्था,व्यवसायीहरुले सहभागी हुन पाउनेछन् ।
खेलमा सहभागिता जनाउने टिमले २ हजार शुल्क सहित २६ गते सम्म टिम दर्ता गराउन सक्ने छन्।