डडेल्धुरा : डडेल्धुराको आलितालमा गँहु दाउने क्रममा थ्रेसरमा परेर एक महिला घाइते भएकी छन् ।
आलिताल-५ सैनभावर घर भएका गम्भिर मडैकी ३० बर्षिया श्रीमती संगीता मडै गँहु दाउने क्रममा थ्रेसरमा बेरिंदा घाइते भएका हुन् ।
आज शुक्रबार करिब साझ ५ बजेको समयमा आफ्नै घरको गँहु दाउने क्रममा कपाल थ्रेसरमा पस्दा टाउकोमा गम्भिर चोट लागेको आलिताल प्रहरी इन्चार्ज धन सिंह धामीले जानकारी दिए ।
घाइते महिलालाई अहिले उपचारको लागि धनगढी पठाइएको छ ।