डडेल्धुरा : डडेल्धुराको एक सहकारीमा चोरी भएको छ । जिल्लाको परशुराम नगरपालिका वडा नम्बर ४ कटालमा रहेको शिर्ष साना किसान कृषि सहकारी संस्था लिमिटेडको कार्यालयबाट ११ लाख १३ हजार रुपैया चोरी भएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रमुख प्रहरी निरिक्षक गगन सिंह भाटले बताए ।
प्रहरी निरिक्षक भाटका अनुसार शुक्रबार देखी कार्यालय बन्द रहेको थियो । हिजो आइतबार बिहान कार्यालय खोल्दा उक्त घटना भएको थाहा पाए पछी सहकारीले प्रहरीलाई जानकारी गरेको थियो । झ्याल फोडेर चोरी भएको बताइएको छ। चोरी गर्ने समुहले सिसिटिभि क्यामेराको रेकर्ड डिभाईस पनि लगरेर गएको उनले बताए।
स्थानियले भने चोरी संकास्पद रहेको बताउदैँ आइरहेका छन् ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।