डडेल्धुराः डडेल्धुराका एक फरार दोषी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा परशुराम नगरपालिका ११ पातल बस्ने ४२ वर्षीय नरबहादुर खडायत रहेका छन्।
उनलाई जिल्ला अदालत डडेल्धुराको फैसलाले बिना ईजाजत साल जातका रुख काटे कटाएको मुद्दामा २ महिना कैद सजाय र १० लाख ३६ हजार २६७ जरिवाना सुनाएको थियो ।
उनी उक्त फैसला लगतै फरार थिए । प्रहरीले फरार खडायतलाई आईतवार पक्राउ गरेकोे जनाएको छ ।