डडेल्धुराः डडेल्धुराको आलितालमा एक गोठमा आगलागी भएको छ।
जिल्लाको आलिताल गाउँपालिका–७ नाउलीमा रहेको काठ, ढुङ्गा र माटोले बनेको कच्ची गोठमा आगलागी भएको हो। आगलागीबाट गोठमा रहेका एक गाई,बाच्छि र एक हल गोरु जलेर घाइते भएका छन्।
सामुदायिक वनबाट आगो सल्की आगलागी भएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धगढीले जनाएको छ। आगलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको हो। घटनाको पुर्ण विवरण आएको छैन्।