धनगढी : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अनेरास्ववियु क्रान्तिकारीले संविधान र शिक्षा निर्देशिका विपरीत शुल्क लिएको प्रती अनेरास्ववियु कैलालीले ध्यानाकर्षण जनाएको छ ।
नयाँ शैक्षिकसत्र सुरुवात भए संगै तमाम खाले विकृती विसंगति भएको ठहर गर्दै अनेरास्ववियु क्रान्तिकारीले सच्चिन अल्टिमेटम दिएको जनाएको छ । बिहिबार अनेरास्ववियु क्रान्तिकारी कैलालीका इन्जार्ज बिनोद जप्रेलले एक प्रेस बिज्ञप्ति जारी गर्दै चेतावनी दिएको हुन् । शिक्षा आमनागरिकको मौलिक र नैसर्गिक अधिकार भएको ले यसको पुर्ण दायित्व राज्यले बेहोर्नु पर्ने स्पष्ट धारणा हुदाहुदै विभिन्न बाहानामा संस्थागत बिध्यालयहरुले प्रत्येक बर्स भर्ना शुल्क लिने , टाइ बेल्ट ड्रेस र किताबमा कमिसन खाएर एउटै ठाउँबाट किन्न बाध्य पार्ने जस्ता विषयले संगठनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
संगठनले उठाएका विषयलाई यथासिघ्र नसच्याय त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार सम्बन्धीत निकायले लिनु पर्ने उल्लेख छ ।