डोटीः डोटीमा युवाहरुले श्रमदान गरेर खानेपानीको धारा बनाएका छन्।
जिल्लाको आर्दश गाउँपालिका–७ सातलाका स्थानीय युवाहरुले खानोनीको धारा बनाएका हुन्। नेबि.संघ डोटी कैलाली सम्पर्क समितिका सभापति तथा कैलाली बहुमुखी क्याम्पसका बिधार्थी नेता मिलन बि.क को नेतृत्वमा युवाहरुले धारा बनाएका हुन् ।
१०/१२ जना युवाहरु मिलेर एक दिन लगाएर धारा बनाएका हुन्। स्थानीय सरकारले चाँसो नदिएपछि युवाहरु मिलेर धारा बनाएको सभापति मिलनले बताए।