डडेल्धुरा : जिल्लाको आलिताल गाँउपालिकामा एक घरमा आगलागि भएको छ।
पालिकाको वडा नम्बर ५ सिराडी बस्ने अम्बिका सार्कीको घरमा आगलागि भएको हो । आज दिउसो करिब पौने तिन बजेको समयमा जंगलबाट लागेको आगो घरमा सल्किए पछि सार्कीको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
घरसंगै भित्र रहेको ओड्ने ओछ्याउने, लुगा कपडा र अन्नवाली पनि जलेर नष्ट भएको आलिताल प्रहरी चौकीका इन्चार्ज धन बहादुर धामिले बताउनु भएको छ।