डडेल्धुरा : डडेल्धुराको आलितालमा एक महिला बन्चरो प्रहारबाट गम्भिर घाइते भएकी छिन् ।
आलिताल गाउँपालिका वडा नम्बर २ मटेला बस्ने ३८ बर्षिया डम्मरी देवि देउबालाई उनका ४२ बर्षिया श्रीमान कर्ण बहादुर देउवाले हिजो मंगलबार बन्चरो प्रहारबाट गम्भिर घाइते बनाएका हुन् ।
श्रीमान-श्रीमतीको आपसी विवाद हुदाँ देउवाले श्रीमतीको टाउकोमा बन्चरो प्रहार गरेको वडा अध्यक्ष प्रमोद मल्लले बताए।
घटना पछि श्रीमतीलाई स्थानियले गांखेत स्वास्थ्य चौकीमा लगेका थिए । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई धनगढी रेफर गरिएको थियो । अहिले उनको माया मेट्रो अस्पतालमा उपचार भइरेको छ।
उनका श्रीमानलाई हिजो नै नियन्त्रण लिइसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता कुसुम नायकले बताएका छन् ।
घाइते महिलाको अवस्था भने गम्भिर रहेको छ ।