डडेल्धुरा : डडेल्धुराको आलितालमा श्रीमानको बन्चरो प्रहारबाट घाइते भएकी महिलाको मृत्यु भएको छ।
मंगलबार (हिजो) आलिताल-२ मटेलाकी ३८ बर्षिया डम्मरी देउबा उनका ४२ बर्षिया श्रीमान् कर्ण बहादुर देउवाको बन्चरो प्रहारबाट गम्भिर घाइते भएकी थिइन् ।
उनको उपचारका क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको वडा अध्यक्ष प्रमोद मल्लले जानकारी दिए। अस्पतालले उनलाई आज बिहान ११ बजे मृत घोषणा गरेको हो। अहिले उनको शब पोस्टमार्टमका लागि सेति प्रादेशिक अस्पतालमा राखिएको अध्यक्ष मल्लले बताए।
मृतक महिलाका श्रीमानलाई हिजो नै प्रहरीले नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता कुसुम नायकले बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।