डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका जोगबुढाबाट सवारी सेवा बिस्तार भएको छ ।
रोयल परशुराम टुर एण्ड ट्राभल प्रालिले सवारी सेवा विस्तार गरेको हो । प्रालिले विद्युतिय गाडीबाट आफुहरुले सेवा दिइरहेको जनाएको छ । यस क्षेत्रका स्थानियहरुको समस्या र यात्रुको चापलाई मध्यनजर गर्दै दिउँसो पनि जोगबुढाबाट धनगढी बिजुलि बस सेवा संचालनमा ल्याएको प्रालिका अध्यक्ष केबि धामीले बताउनु भयो । अब बहिनै उठेर धनगढी आउन हतार गर्न नपर्ने धामीले बताएका छन् । जोगबुडाबाट धनगढीको लागि २ बजे सवारी छुट्ने धामीले जानकारी दिए । अहिले पनि यातात प्रालिले जोगबुडाबाट धनगढी नियमित सेवा दिइरहेको छ ।
हाल सम्म जोगबुडाबाट धनगढी, डडेल्धुरा, महेन्द्रनगर लगायतका ठाँउहरुमा बिहान मात्रै सवारी छुट्ने गरेका थिए ।
दिउसो धनगढी जान चाहाने यात्रुले निम्न नम्बरमा सम्पर्क गर्न सक्ने छन् ।
सम्पर्क : 9822629959/9848855604/9842883367