डडेल्धुरा : डडेल्धुराको परशुराम धाममा अखण्ड रामायण पाठको आयोजना गरिने भएको छ ।
भोली शुक्रबार २८ गते परशुराम धाममा भगवान परशुराम जयन्ती (अक्षय तृतिया) को अवसमा परशुराम क्षेत्र बिकास समेतिको आयोजनामा परशुराम जन्मोत्सव बिषेश पुजापाठ, हवनका साथै अखण्ड रामायण पाठ पारायण समेत हुने भएको छ ।
श्रद्धालु भक्तजनमा यथाशक्ती धुप, दिप, पुजपोखल ल्याएर उपस्थिति भई अक्षय पुण्यको भागेदार हुन समितिले आह्वान गरेको छ।
आयोजक समितिको आयोजनामा उक्त अखण्ड रामायण पाठ गरिने मन्दिर निर्माण समिति संयोजक प्रकाशराज पन्तले बताए । उनले उक्त दिन सम्पूर्ण श्रद्धालु भक्तजनहरुलाई पाठ श्रवण गरि प्रसाद ग्रहण गर्न समेत अपिल गरेका छन् ।
अखण्ड रामायण पाठ के हो ?
विशाल ऐतिहासिक साहित्य “श्रीराम चरित्र मानस” मा भगवान विष्णुको सातौं अवतार भगवान रामको जीवनमा भएका विजय र कष्टहरु वर्णन गरिएको छ । आदर्श पुत्र,पती,भाई,मित्र र सम्राटको शिखरको रुपमा भगवान श्री रामलाई “ पुरुषोत्तम ” पनि भनिन्छ,जसको अर्थ संस्कृतमा “सर्वोच्च व्यक्तित्व ” हो ।
फलस्वरुप, भगवान श्रीरामको जीवनको बारेमा हामीलाई सबै कुरा सिकाउन र हामीलाई परमत्वका गुणहरु बुझ्न र ग्रहण गर्न मद्दत गर्न अखण्ड रामायण पाठ बारम्बार दोहोर्याइएको छ ।
सम्पूर्ण सामग्रीमा सात काण्डहरु छन् । जसले अयोध्याकाण्ड, किष्किंधकाण्ड, अरण्यकाण्ड, सुन्दरकाण्ड, उत्तराखण्ड र लंकाकाण्ड लगायत भगवान श्रीरामको जीवनका विभिन्न कालखण्डहरु चित्रण गर्दछ । प्रत्येक काण्डले भगवान श्रीरामको विधिन्न चरण र लीलाहरु व्याख्या गर्दछ । हिन्दु धर्ममा विश्वास छ की यसकार्यको अनुसरण गर्नाले जीवनबाट बाधाहरु हट्छ र सौभाग्य प्राप्त हुन्छ ।
गौरी गणेश कलश पुजाबाट सुरु भएको पण्डित समुहले मन्जिरा, ढोलक र अन्य बाजा बजाउने गरी प्रमुख पण्डितले पाठ सञ्चालन गर्छन् । साथै भगवान श्रीरामको प्रशंसामा भजन र कीर्तन गाउँछन् ।