डडेल्धुरा : आलिताल गाउँपालिका- २ मटेलाकी ३८ बर्षिया डम्मरी देवि देउवाको गत हप्ता मंगलबार १८ गते उनकै श्रीमान कर्ण देउवाले बन्चरो प्रहार गरेर गम्भिर घाइते बनाए। डम्मरीको उपचारका क्रममा धनगढी स्थित मायामेट्रो अस्पतालमा बुधबार १९गते मृत्यु भएको थियो ।
मृतक डम्मरी दुई छोरा रहेका छन् । उनिहरु अहिले आमाको कृयामा छन् । १८ बर्षिया जगदिश देउवा र १४ दिनेश देउवा आमाको मृत्यु र वुवाको जेल बासले आफ्नो पढाई खर्चको लागि चिन्तित बनेका थिए । उनिहरुको पढाई खर्चको लागि अभियान्ता कृष्ण देउवा र सुरत चन्दले आर्थिक सहयोगको अपिल गरे थिए ।
सहयोगको अपिल सहित बिभिन्न सहयोग दाताहरुले स्वऐच्छिक हयोग गर्दै आइरहेका छन् । हाल सम्म उनिहरुको बैंक खातामा रु।३,८२,०५९।- (तिन लाख बयासी हजार उन्साठी रुपैया) सहयोग रकम जम्मा भइसकेको अभियान्ता कृष्ण देउवाले बताए ।