डडेल्धुरा : जिल्लाको आलिताल गाउँपालिकामा ट्याक्टर दुर्घटना भएको छ । गय राति करिब ८ बजे तिर घुम्तिबाट बालुवा लगेर चौड बण्डले जाने क्रममा से १ च २८३० नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।
दुर्घटनामा परि ट्याक्टर साहु चालक समेत रहेका नर बहादुर गुरधामी घाइते भएका छन् । उनको कम्मर र हातमा चोट लागेको छ । घाइते गुरधामीको उपचार धनगढी स्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टरलाई टर्निङ नपुग्दा ब्याक ल्याउने क्रममा दुर्घटना भएको आलिताल प्रहरीले जनाएको छ ।