डडेल्धुरा : डडेल्धुराको आलिताल -८ को योजना तर्जुमा सम्बन्धि एक दिने गोष्ठी सम्पन्न भएको छ । जिल्ला समन्वय समितिकी उपप्रमुख अमृता रानामगरको प्रमुख आथित्यता र वडा अध्यक्ष धन बहादुर देउवाको सभापतित्वमा बुधबार कार्यक्रम सम्पन्न भएको हो ।
गोष्ठीमा आगामी आर्थिक बर्ष २०८१ र २०८२ को बजेट निर्माणबारे छलफल भएको हो । कार्यक्रममा राजनितिक दलका प्रतिनिधि, सामुदयिक बनका प्रतिनिधि, कृषक समुहका प्रतिनिधि लगायतको उपस्थिति रहेेको थियो ।