“आर्थिक समृद्धिको आधार, लघुउद्यम मार्फत राेजगार” भन्ने मुल नाराका साथ आलिताल गाउपालिका आयोजनामा गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (MEDPA) अन्तरगत ७ दिने दुना टपरी सम्बन्धि सिप विकास तालिम आलिताल गाउँपालिका-३ रक्सौनमा सम्पन्न भएको छ ।
आज शुक्रबार आलिताल गाउँपालिकाकी उपाध्यक्ष मैना कुमारी रावल बोहराको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको हो । उनले दुनाटपरी कार्यक्रमलाई प्रभावकारी बनाउन पहल गर्ने बताएकी छिन् । महिलालाई आत्मनिर्भर बनाउन सिपविकासका तालिमहरुकाे आयाेजना गरी लागु गर्ने र बजारिकरणमा जाेड दिने,र प्लास्टिक जन्य पदार्थहरु निशेधित गर्ने जस्ता कुरामा जाेड दिनु भएको छ । आलितलमा आउने बनभाेज खाने हरुलाई पनि तत्कालै प्लास्टिककाे प्लेट तथा अन्य प्लास्टिक जन्य चिजहरुमा राेक लागाउने बताएकी छिन् ।
जेठ १८ गते देखी सुरु भएको दुना टपरी सिप सिकाई कार्यक्रमा ३४ जना बढी सिकारुहरुको सहभागिता रहेको थियो । उनिहरुलाई दुनाटपरी प्रशिक्षक निर्मला बिष्ट र टिकेश्वरी भट्टले प्रशिक्षण दिएका हुन् । कार्यक्रमको व्यवस्थापन उद्यम विकास सहजकर्ता हरिकला थापाले गरेकी थिइन् ।