डडेल्धुरा : डडेल्धुराको परशुरामको एक वडाले टुहुरा बालबालिकालाई विद्यालय सामाग्री सहयोग गरेको छ । परशुराम नगरपालिका वडा नम्बर ३ ले वडा भित्र रहेका १० जना आमा-वुवा गुमाएका बालबालिकालाई विद्यालय सामाग्री झोला, कापि, पोसाक, पेन्सिल, कलम लगायतका सामाग्रीहरु वितरण गरेको हो ।
टुहुरा बालबालिकाहरु पढाईबाट बन्चित नहोस् भन्ने उद्देश्यले उनिहरुलाई विद्यालय सामाग्री वितरण गरिएको वडा अध्यक्ष नरेश खवासले बताए । नगद रकम दियौं भने अन्य घरायसी चिजबस्तुमा खर्च हुने भएकाले बालबालिकाहरुलाई सामाग्री नै वितरण गरिएको अध्यक्ष खवासको भनाई छ । आगामी दिनमा वडा भित्र रहेका टुहुरा बालबालिकाको सम्पुर्ण पढाई खर्च व्यहोर्ने गरी योजना ल्याउन लागेको पनि उनले बताएका छन्