• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

डडेल्धुराको मनमोहक मलास क्षेत्र : जो विकास पर्खेको छ

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
जेष्ठ २४, २०८१
0
डडेल्धुराको मनमोहक मलास क्षेत्र : जो विकास पर्खेको छ

डडेल्धुरा : डडेल्धुराको भित्री मधेस क्षेत्रमा पर्ने मलास कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट १६ किलोमिटर दूरीमा अवस्थित छ। उक्त बस्तीमा छ सय बढी मतदाता छन्।

कञ्चनपुरको सीमाक्षेत्रमा पर्ने यो क्षेत्र डडेल्धुराको परशुराम नगरपालिकामा पर्छ। तर यस यहाँका बासिन्दालाई परशुराम नगरपालिकासम्म सहज पहुँच छैन। सडक सञ्चाल नहुँदा वडा कार्यालयसम्म पुग्न पनि निकै सास्ती हुने गरेको यहाँका स्थानीयवासी बताउँछन्।

चालिस वर्षअघि बझाङबाट बसाइँसरी यहाँ आएका गङ्गो धामीले सडक सञ्जालको दुःखसँगै खानेपानी नहुँदा निकै सास्ती खेप्नु परेको बताए।

“विकासको नाममा कच्ची सडक छ खानेपानीको हाहाकार नै छ प्यास मेटाउनै मुस्किल पर्छ,” उनले भने,“देख्नमा त ठाउँ सुन्दर छ तर के गर्नु दुःख अनेक छन्।”

गाउँमा प्राथमिक स्वास्थ्य केन्द्र र माध्यमिक तहको विद्यालय बाहेकका अन्य सेवासुविधा यहाँका स्थानीयवासीले उपभोग गर्न पाएका छैनन्। शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत् र सडकजस्ता पूर्वाधारको अभाव झेलेको वर्षाँै भइसकेको यहाँका स्थानीयवासी बुद्धि धामी बताउँछन्। “देशमा थुप्रै व्यवस्था परिवर्तन भए तर राज्यको नजरमा मलास कहिले परेन।” उनले भने,“कच्ची सडक पुगेको पनि दुई÷चार वर्ष मात्रै भएको छ त्यो पनि वर्षादमा बन्द हुन्छ।”

सङ्घीयता कार्यान्वयनपछि महेन्द्रनगर जोड्ने कच्ची सडक निर्माण भएपछि भने यहाँका स्थानीयवासीलाई राहत भएको छ।  सडक नहुँदा मलासवासीले दुई/तीन घण्टा पैदल हिँडेर अत्यावश्यक पर्ने नून, तेल, चामललगायतका सामग्री महेन्द्रनगरबाट खरिद गरेर लैजानुपर्ने बाध्यता थियो भने बिरामीलाई डोकोमा बोकेर अस्पतालसम्म पुर्‍याउनुपर्थ्यो । सडक बनेपछि केही राहत भए पनि जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता भने कायमै छ। सञ्चार सेवा पुगेको त छ तर फोन मात्र लाग्छ । इन्टरनेट सुविधा अझसम्म पुग्न सकेको छैन ।

यहाँका विद्यार्थीले उच्च शिक्षाका लागि महेन्द्रनगर सदरमुकाम आएर बस्नुपर्ने बाध्यता छ। “जस्तो दुःख हाम्रा बुवाबाजेले भोग्नुभयो, त्यही दुःख हामीले पनि भोग्नु परेको छ।” स्थानीयवास दिपेश धामीले भन्नुभयो–“अझै पनि यहाँ आधारभूत सेवा राज्यबाट उपलब्ध हुनसकेका छैनन्।”

स्थानीय सरकारपछि स–साना विकास निमार्णका काम भए पनि यहाँका स्थानीयवासीले भने विकासको अनुभूति हुने गरी भने काम हुन नसकेको परशुराम नगरपालिका–७ का वडा सदस्य जयबहादुर धामीले बताए। उनले पहिलेको तुलनामा थोरै भए पनि विकास केही काम अघि बढेको बताए। “यहाँ  खानेपानीको धेरै समस्या थियो पूर्ण रुपमा समाधान नभए पनि समस्या समाधानका लागि पहल गरेका छौँ।” वडा सदस्य धामीले भने, “पर्याप्त बजेट नआउँदा खानेपानी लगायतका योजना अधुरै हुने गरेका छन।” यहाँको समस्या समाधानका लागि आफूहरुले स्थानीय प्रदेश सरकारसँग पहल गरिरहेको उनको भनाइ छ।

गर्मी मौसममा तराई कञ्चनपुरबाट गर्मी छल्न यहाँ धेरै आन्तरिक पर्यटक आउने गरेका छन्। मलास क्षेत्र कृषि र पर्यटनका लागि महत्वपूर्ण ठाउँ भए पनि यहाँ राज्यको ध्यान पुग्नसकेको छैन। यहाँका नागरिक कृर्षि र पशुपालनमा आत्मनिर्भर छन्। यहाँसम्म सडक सञ्चालको सहज पहुँच लगायतका पूर्वाधार विकासमा राज्यले ध्यान दिन जरुरी छ। रासस

सम्बन्धित Posts

पत्रकार सुरेश रजकको हत्या विरुद्ध मा डडेल्धुरा बिरोध प्रदर्शन
Uncategorized

पत्रकार सुरेश रजकको हत्या विरुद्ध मा डडेल्धुरा बिरोध प्रदर्शन

चैत्र १६, २०८१
बाजुराका विद्यार्थी बोकेको बस दुर्घटना
Uncategorized

बाजुराका विद्यार्थी बोकेको बस दुर्घटना

फाल्गुन ५, २०८१
बाजुरामा बसको ठक्करबाट चार वर्षीया बालकको मृत्यु, चालक पक्राउ
Uncategorized

बाजुरामा बसको ठक्करबाट बालकको मृत्यु, गर्भवती आमा घाइते

फाल्गुन ४, २०८१
कार्यसम्पादनमा डडेल्धुराकै उत्कृष्ट बन्यो भागेश्वर, दोस्रोमा आलिताल  र अमरगढी
Uncategorized

डडेल्धुराको आलितालमा जनप्रतिनिधि बिच किचलो, ४ वडा अध्यक्ष सहित ८ जनाले निकाले विज्ञप्ती

फाल्गुन ४, २०८१
डडेल्धुराको आलिताल आउँदै पुर्व अर्थमन्त्री बर्षमान पुन
Uncategorized

डडेल्धुराको आलिताल आउँदै पुर्व अर्थमन्त्री बर्षमान पुन

माघ २१, २०८१
आज श्रीपञ्चमी, सरस्वतीको पूजा आराधना गरिँदै
Uncategorized

आज श्रीपञ्चमी, सरस्वतीको पूजा आराधना गरिँदै

माघ २१, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

✍️ जनमुक्ति संवाददाता
मंसिर २९, २०८२
0

जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण

जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज

डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

कैलालीबाटै चुनाव लड्छुः आरजु राणा

आरजु देउवा दुई ठाउँबाट उम्मेदवार सिफारिस

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग