डडेल्धुरा : सुदूरपश्चिमकै गन्तव्य स्थलका रुपमा चिनिने डडेल्धुराको आलितालमा मोटरेवल पुल निर्माण हुने भएको छ । स्थानिय पुर्वाधार विकास आयोजना कार्यालय धनगढीबाट कार्यन्वयन हुने गरी घुम्ति आलिताल जोड्ने पक्कि पुलका लागि संघिय सरकारबाट रु ८५ लाख बजेट बिनियोजन भएको छ ।
बजेट सानै भए पनि पर्यटकिय स्थल आलिताल सम्म जोड्ने पुल बन्नेमा आशा पलाएको आलिताल गाउँपालिकाका अध्यक्ष शेर सिंह पार्कीले बताए । उनले अहिले बजेट सानै भए पनि यसलाई बहुबर्षिय ठेक्का प्रणालिमा लगेर घु्म्ति आलिताल जोड्ने पुल निर्माणका लागि थप पहल गर्ने बताएका छन् ।
उक्त पुलको लागि आलितालका जनप्रतिनिधिले निकै कसरत गरेका थिए ।


आलिताल गाउँपालिकाले भने उक्त पुल निर्माणको लागि रु १४ करोड ६८ लाख रुपैया माग गरको थियो ।
घुम्ति आलिताल जोड्ने मोटरेबल पुलले आलितालमा घुम्न आउने पर्यटकले बाह्रै महिना अवलोकन गर्न पाउने छन् । पालिकाको वडा नम्बर ८ र ३ समेत जोड्ने पुलले त्यहाँका स्थानियले विकासको मुख्य कडीका रुपमा लिएका छन् । उक्त ठाँउमा पुल नहुदाँ बर्षादको समयमा मानविय क्षेति समेत हुने गरेको थियो । उक्त पुल पटक-पटक माग गर्दा पनि बजेट नपरे पछी यहाँका स्थानिय संघिय सरकार, स्थानिय सरकार र त्यहा नेताहरुप्रति आक्रोसित समेत पोख्दै आएका थिए ।