बैतडी –
बैतडीमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । पाटन नगरपालिका–४ चिल्लेपानीका ६५ वर्षीय प्रताप सिंह ऐरीको कुटाईबाट उनकी ६० वर्षीया श्रीमती सुना ऐरीको मृत्यु भएको हो ।
मंगलबार दिउँसो ३ बजे तिर घरयासी विवादका कारण भएको झगडामा श्रीमानको कुटाईबाट सुना ऐरी गम्भिर घाइते भएकी थिइन् । उनको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा बुधबार अप्रान्ह करिब ५ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरिक्षक खेमबिक्रम केसीले जानकारी दिए ।
सुनाको खुट्टाा, ढाड र टाउकोमा गम्भिर चोट लागेको थियो ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी टोली घटनास्थलतर्फ गइरहेको प्रहरीले जनाएको छ ।
सम्पादक : डम्मरी थापा
कार्यकारी सम्पादक: मनोज रावत
डेस्क सम्पादक: दिर्घ साहि
डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा
डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्
कैलाली संवाददाता: पुस्पा कुमारी साउद
कञ्चनपुर संवाददाता: गणेश एसके