डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिकाले ६५ करोड ७१ लाख ६२ हजार ९ सय ९९ रुपैयाँ बराबरको बजेट ल्याएको छ।
परशुराम नगरपालिकाकी उपप्रमूख बिमला कुमारी (बोहरा) महताले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि उक्त बजेट नगरसभाको १५ औँ अधिवेशमा प्रस्तुत गरेकी हुन्।
विनियोजित बजेटले नगरपालिका कार्यालयको प्रशासनिक र पुँजीगत खर्च, वडा था नगरपालिका स्तरिय योजना र कार्यक्रम खर्च, विषयक्षेत्रगत योजना तथा कार्यक्रम, समपूरक र विशेष योजनाहरू र संघीय तथा प्रदेशस्तरीय शसर्त कार्यक्रमहरू कार्यान्वयन गरिने उपप्रमुख महताले बताइन्।