डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिकाले ४२ करोड ३१ लाख ५४ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ।
आलिताल गाउँपालिकाकी उपाध्यक्ष मैना कुमारी रावल बोहराले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि उक्त बजेट गाउँसभाको १७ औँ अधिवेशमा प्रस्तुत गरेकी हुन्।
विनियोजित बजेटले गाउँपालिकाको कार्यालयको प्रशासनिक र पुँजीगत खर्च, वडा था नगरपालिका स्तरिय योजना र कार्यक्रम खर्च, विषयक्षेत्रगत योजना तथा कार्यक्रम, समपूरक र विशेष योजनाहरू र संघीय तथा प्रदेशस्तरीय शसर्त कार्यक्रमहरू कार्यान्वयन गरिने उपाध्यक्ष रावलले बताइन् ।












