डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकाको एक वडाले दलित विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । पालिकाकाको वडा नम्बर ८ ले लक्षित कार्यक्रम अन्तरगत दलित छात्रछात्रालाई शैक्षिक सामाग्री वितरण गरिएको वडा अध्यक्ष धन बहादुर देउवाले बताए ।







दलित सामुदायका अति विपन्न, जेहेन्दार, टुहुरा र उत्कृष्ट विद्यार्थीहरुको छनोट गरी वडा भित्रका १४ जनालाई कापि, किताब, कलम, झोला लगायतका शैक्षिक सामाग्री वितरण गरेको देउवाले जानकारी दिएका छन् ।