काठमाडौँ- पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–१४ मा पर्ने सडकखण्ड भासिएको छ । लगातारजसो परेको पानीका कारण सडक भासिएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।

सडक भासिएपछि पृथ्वी राजमार्ग भएर गुड्ने गाडी र यात्रु प्रभावित भएका छन् । सडक एकतर्फी खुलेको र दुईतर्फी खुलाउन पहल भइरहेको कास्की प्रहरीले जनाएको छ ।