डडेल्धुरा : परशुरामको एक वडाले दलित सामुदायलाई बाख्रा लगायत विभिन्न सामाग्रीहरु वितरण गरेको छ । नगरपालिकाको वडा नम्बर १० ले उक्त सामाग्रीहरु वितरण गरेको हो ।







दलित समुदायलाई आयआर्जन गरेर दैनिक जिवन चलाउन सजिलो होस् भन्ने उद्देश्यले बाख्रा लगाएत विभिन्न सामाग्रीहरु वितरण गरिएको वडा अध्यक्ष राज कुमार भाटले बताए ।
दलित वर्गका एकल महिला विपन्न महिला लगाएतलाई बिषेश प्राथमिकतामा राखि १९ गोटा बाख्रा, ३ ओटा पानि तान्ने मोटर, १ ओटा फर्निचर मोटर, ३ ओटा लुगा सिलाउने आधुनिकमेसिन लगायतका सामाग्रीहरु वितरण गरिएको भाटले जानकारी दिए ।