काठमाडौं : भारतीय क्रिकेट टिमका अलराउन्डर रविन्द्र जडेजाले पनि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका छन् ।
आइतबार इन्स्टाग्राममार्फत जडेजाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन् ।
विश्वकपको उपाधि जितेपछि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने उनी तेस्रो खेलाडी बनेका छन् ।
यसअघि शनिबार कप्तान रोहित शर्मा र पूर्वकप्तान विराट कोहलीले सन्न्यासको घोषणा गरेका थिए ।
https://www.instagram.com/p/C81oDZyOUV1/?igsh=YzljYTk1ODg3Zg==